२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाद्यान्नको मूल्य बढ्यो, खानेतेलको मूल्यमा पनि उच्च वृद्धि

२०७७, ४ माघ आईतवार ०२:०८

माघ ४, काठमाडौं वीरगञ्ज । कच्चा पदार्थको मूल्य बढेपछि आधारभूत खाद्यान्नको मूल्यमा चाप परेको छ । कच्चा पदार्थ र ढुवानी महँगो भएपछि चामल र तेलजस्ता खाद्यान्नको मूल्य बढेको हो ।

भारतमा किसान आन्दोलनका कारण धानको मूल्य बढेकाले त्यसको प्रभाव चामलको मूल्यमा देखिएको उद्योगी सुरेश रूङ्गटाले बताए । विगत १ महीनायता चामलको भाउ किलोमै ४ रुपैयाँसम्म बढेको उनले बताए ।

नेपालमा हुने चामलको अधिकांश उत्पादन भारतीय धानको भरमा छ । भारतबाट आउने धानको मूल्य प्रतिक्वीन्टल २०० रुपैयाँसम्म बढेको आयातकर्ताले बताएका छन् । विगतमा भारत सरकारले तोकेको समर्थन मूल्यभन्दा कम भाउमा धान पाइएकोमा अहिले महँगो परेको रूङ्गटाले बताए ।

केही समयअधिसम्म १ हजार ८ सय रुपैयाँमा पाइएको धान अहिले भारतको सीमावर्ती शहर रक्सौलसम्म ल्याउन २ हजार रुपैयाँसम्म परेको उद्यमीले बताएका छन् । भारतमा धानको मसर्थन मूल्य १ हजार ८५० रुपैयाँ छ ।

धानको भाउ बढ्नुअघि २५ किलो कतर्नी चामलको कारखाना मूल्य १ हजार ४५० रुपैयाँसम्म रहेकोमा अहिले १ हजार ५५० सम्म पुगेको न्यू ओम खाद्य उद्योगका सञ्चालक विश्वामित्रप्रसाद कलवारले जानकारी दिए ।

खानेतेलको मूल्यमा पनि उच्च वृद्धि भएको छ । भटमास र सूर्यमुखी तेल प्रतिलिटर ५० रुपैयाँसम्म बढेको ओसीबी फुडका सञ्चालकसमेत रहेको उद्योगी रूङ्गटाले जानकारी दिए । रूङ्गटाका अनुसार उद्योगले १० लिटरको १ हजार ४०० रुपैयाँमा बेच्ने भटमास तेलको मूल्य अहिले १ हजार ९०० रुपैयाँसम्म पुगेको छ ।

सूर्यमुखी तेल भटमासको तुलनामा प्रतिलिटर १० रुपैयाँ महँगो हुन्छ । तोरीको तेलको मूल्य प्रतिलिटर २० रुपैयाँसम्म बढेको छ । कारखाना मूल्यभन्दा उपभोक्ता मूल्य २० प्रतिशतसम्म बढी हुने विक्रेता बताउँछन् ।

अधिकांश स्वदेशी तेल उत्पादकले भटमास र सूर्यमुखीको कच्चा तेल आयात गरी प्रशोधन गर्छन् । केही उद्योगले भटमासको दाना आयात गर्छन् । विगतमा प्रतिमेट्रिक टन (मेट) भटमासको अर्धप्रशोधित तेल ७०० अमेरिकी डलरमा आउनेमा अहिले भारतको कोलकाता बन्दरगाहसम्म आइपुग्दा यसको मूल्य १ हजार १०० डलर पुगेको उद्यमीले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा