२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शुरू भयो किसान क्रेडिट कार्ड

२०७७, ८ माघ बिहीबार ०२:१०

माघ ८, काठमाडौं । कृषि ऋणमा सहज पहुँच पु¥याउन पहिलोपटक ‘किसान क्रेडिट कार्ड’ जारी गरिएको छ । कृषि विकास बैंकले आफ्नो ५४औं वार्षिकोत्सवको अवसरमा बुधवार काठमाडौंका १५ जना किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण गर्दै यसको शुरुआत गरेको हो ।

कार्डसँगै कृषिबारे सम्पूर्ण जानकारी दिने ‘किसान एप’लाई समेत अर्थमन्त्री विष्णु पौडेलले औपचारिक उद्घाटन गरे । उद्घाटनको क्रममा उनले यो प्रविधिले किसानलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने बताए ।

राजधानीमा कृषि फर्म सञ्चालन गरिरहेका १५ जना ग्राहकबाट किसान क्रेडिट कार्ड वितरण गरेको कृषि विकास बैंकका सचिव तथा प्रवक्ता हेमलाल पौडेलले बताए । उनका अनुसार बैंकले पाइलट फेजको रूपमा काठमाडौंबाट शुरुआत गरेको र यसको प्रभावकारिता हेरेर पोखरा, विराटनगरलगायत क्षेत्रमा क्रमशः विस्तार गर्दै लगिनेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्याय किसानलाई प्रविधिमैत्री डिजिटल कारोबारमा आबद्ध गर्न किसान क्रेडिट कार्ड एवं सूचनामूलक एप जारी गरेको बताए ।

यस्तो कार्ड उपयोग गर्न चाहने सबै किसानले यो सुविधा लिन पाउँछन् । तर, बैंकबाट कर्जा लिएका ऋणी किसानका लागि भने बढी सहज देखिन्छ । बैंकले सबै किसानलाई कार्ड जारी गर्ने भए तापनि धितो वा विनाधितोमा कृषि कर्जा स्वीकृत भएका ऋणीलाई यो कार्ड सजिलो पर्न जाने देखिन्छ ।

बैंकले ब्याज अनुदानमा कृषि तथा पशुपक्षी व्यवसायका लागि जारी गरिएको सहुलियतपूर्ण कर्जामा मात्र विनाधितो कर्जा प्रवाह गरेको छ । बैंकबाट कर्जा लिएका ऋणीले स्वीकृत भएको कर्जाबाट रू.१ लाख रकमसम्म कार्डका लागि छुट्ट्याएर प्रयोग गर्न सकिने प्रवक्ता पौडेलले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  ममता थापाले लेखेकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा