२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षा १२ को परीक्षा : परीक्षा ३० पूर्णाङ्कको, नम्बर दिइयो ६० !

२०७७, १५ माघ बिहीबार ०२:४५

अंग्रेजी र नेपालीमा पनि पूर्णाङ्क बराबर नम्बर

माघ १५, काठमाडौं । शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत मंसिर १६ गते कक्षा १२ को संक्षिप्त परीक्षा सकिएको थियो ।

‘परीक्षा सकिएको महिना दिनमा नतिजा प्रकाशन गर्न सक्छौँ जस्तो लागेको थियो,’ बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले भने, ‘विद्यार्थीको प्राप्तांक रुजु गरेर सिस्टम इन्ट्री गर्न धेरै समय लाग्यो, अब यो साताभित्रै नतिजा प्रकाशित गर्छौं ।’

कोरोना महामारीका कारण बोर्डले कूल पूर्णाङ्कमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो । विद्यार्थीको प्राप्तांक पठाउने क्रममा विद्यालयहरुले जथाभावी गरेको बोर्डका कर्मचारी बताउँछन् । पूर्णाङ्कभन्दा बढी नम्बर दिने र पूर्णाङ्क बराबर नै अंक दिएको पाइएको रुजुमा संलग्न एक कर्मचारीले बताए ।

‘शतप्रतिशत पूर्णाङ्कलाई ४० प्रतिशत कायम गरिएको थियो, शिक्षकहरुले कुरा नबुझेर हो कि ३० पूर्णाङ्कको परीक्षामा ६० नम्बर दिएको भेटियो,’ उनले भने, ‘कतिपयले ३० मा ३० नै दिएका छन् । ।’

अंग्रेजी, नेपाली लगायत भाषा विषयमा पनि पूर्णाङ्क बराबर नम्बर दिएर पठाएपछि बोर्डले उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकलाई बोलाएर त्रुटि सच्याउन लगाएको थियो ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने