२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० बर्षसम्म आमाको शवलाई फ्रिजमा लुकाउने’जापानी महिला पक्राउ

२०७७, १७ माघ शनिबार १५:४२

माघ १७, टोकियो (राससस/एएफपी) । जापानमा ‘कोठा छोड्नुपर्ने डर’ ले आफ्नी आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टभित्र फ्रिजभित्र लुकाएको बताउने एक महिलालाई प्रहरीले पक्राउ गरेको शनिबार स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । 

आफ्नी आमाको मृत्यु भएको थाहा भएपछि आफू घर छोड्नुपर्ने डरले उनलाई फ्रिजमा राखेको ती महिलाले बताएकी छन् । 

प्रहरीले एएफपीसँग भन्यो, “४८ वर्षीया युमि योशिनोलाई आफ्नी आमाको मृत शरीरलाई अन्तिम संस्कार गरी व्यवस्थापन गर्नुको सट्टा फ्रिजमा लुकाएर राखेको र पछिल्लो केही समय त्यहाँबाट भागेको आरोपमा पक्राउ गरिएको छ ।” 

महिलाको दावी अनुसार त्यो मृत शरीर एक दशक पहिलेदेखि टोकियोको एक अपार्टमेन्टमा फ्रिजभित्र राखिएको थियो । योशिनोलाई शुक्रबार टोकियो नजिकैको चिबा शहरको एउटा होटलमा पक्राउ गरिएको बताइएको छ ।

प्रहरी स्रोतलाई उद्धृत गरी जापानी सञ्चारमाध्यमहरूले लेखेका छन्, “योशिमोले आफ्नो वयानमा फ्रिजमा महिलालाई राखेको र उनी आफ्नै आमा भएको बताएकी छन् । उनले भनिन्, “आफ्नी वर्षीया आमालाई १० वर्ष पहिले मरेको भेटेपछि उनले लासलाई फ्रिजभित्र लुकाइन् किनकि उनले यो घटना बाहिर ल्याएर आफू बसिरहेको घर छोड्न चाहँदैनथिन् । 

मृत्यु हुँदा ती महिलाको उमेर ६० वर्ष रहेको हुनसक्ने र महानगरीय ‘हाउजिङ् कम्प्लेक्स’मा उनकै नाममा कोठाहरू भाडामा लिएको पाइएको क्योदो न्यूज एजेन्सीले समाचारमा लेखेको छ । शव फ्रिजरमा फिट गर्न झुकाइएको अवस्थामा राखिएको अवस्थामा एक कोठामा भेटिएको प्रहरीलाई उद्धृत गरी जीजी प्रेसले आफ्नो समाचारमा उल्लेख गरेको छ । 

समाचारहरूमा जनाइएअनुसार योशिनोलाई भाडा भुक्तानी नगरेपछि जनवरीको मध्यतिर अपार्टमेन्ट छोड्न भनिएको थियो । त्यसपछि कोठाको सरसफाई गर्ने एक व्यक्तिले ती महिलाको कोठामा फ्रिजभित्र लुकाइएको शव फेला पारेका थिए । शवको परीक्षण (अटोप्सी) बाट महिलाको मृत्युको कारण र मृत्यु भएको समय पत्ता नलागेको तर ती महिलाको शरीरमा देखिने खालको चोटहरू नभेटिएको उल्लेख गरिएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा