२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायली प्रधानमन्त्री विरूद्धको आन्दोलन हिंसात्मक बनेको भन्दै सहभागीमाथि पानीको फोहरा

२०७७, १८ माघ आईतवार १६:०४

 माघ १८, जेरूसेलम (रासस/एपी) । भ्रष्टाचार आरोप लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको राजीनामा माग्दै सडकमा उत्रिएका हजारौँ प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहरा प्रयोग गरी हटाएको छ ।

प्रधानमन्त्रीको राजीनामा माग्दै अघि बढेका केही आन्दोलनकारीले निशेधित षेत्रमा प्रवेश गर्न खोजेको, प्रहरीमाथि पथ्थरले आक्रमण गर्दै दुव्र्यवहार गरेपछि बल प्रयोग गरिएको प्रहरीले पुष्टि गरेको छ ।

करिब १० डिग्री सेल्सियसको तापक्रम रहेको चीसो रातिमा दशौँ हजारको सङ्ख्यामा सहभागी आन्दोलनकारीले प्रधानमन्त्रीको राजिनामा माग्दै प्रदर्शनमा सहभागिता जनाएपछि उनीहरूलाई मैदानबाट हटाउन प्रहरीले पानीको फोहरा प्रयोग गरेको बताइएको छ । 

जेरूसेलममा विगत सात महिनादेखि हरेक शनिबार नेतन्याहुविरुद्धको आन्दोलन हुँदै आएको छ । झडपपछि आन्दोलनमा सहभागी कैयौँ प्रदर्शनकारीलाई प्रहरीले सुरक्षा नियन्त्रणमा लिएको छ भने सुरक्षा अधिकारीसमेत केही व्यक्ति घाइते भएका छन् ।

सरकारले संसदमा विश्वासको मत पुष्टि गर्न नसकेपछि आगामी मार्च २३ मा निर्वाचनको मिति तय गरिएको भएपनि प्रदर्शनकारीहरूले प्रधानमन्त्री नेतन्याहमाथि तीन गम्भीर भ्रष्टाचारका मुद्दा लागेको, कोरोना भाइरसको महामारीका समय राज्यका तर्फबाट कुशल व्यवस्थापन गर्न नसकेको, महामारी नियन्त्रण गर्ने क्रममा सरकारले अख्तियार गरेको नीतिका कारण बेरोजगार दर दुई अङ्कले वृद्धि भएको लगायतका आरोप लगाउँदै प्रधानमन्त्रीले सरकारको नेतृत्व गर्न असक्षम रहेको दावी आन्दोलनकारी समूहको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा