२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘चौँथो नासो विज्ञानमा महिला पुरस्कार २०२०’ को नतिजा सार्वजनिक

२०७७, १९ माघ सोमबार १२:१६

माघ १९, काठमाडौँ । सन् २०२० मा सञ्चालित ‘चौथो नासो विज्ञानमा महिला पुरस्कार २०२०’ को व्यावसायिक तथा विद्यार्थी विधाको नतिजा सार्वजनिक गरिएको छ । देश तथा विदेशबाट प्राप्त ५० आवेदनमध्ये अन्तिम १८ प्रतियोगीलाई निर्णायक मण्डलले मूल्याङ्कनमा परेका थिए ।

 ‘पब्लिक च्वाईस अवार्ड’ का लागि प्रतियोगीको भिडियो प्रस्तुति नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) को अधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गर्दै जनमत सङ्कलन गरिएको अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।

निर्णायक मण्डलको मूल्याङ्कनअनुसार व्यावसायिक विधातर्फ आकृति काफ्ले बराल, विद्यार्थी विधातर्फ रोजिना शाक्य, पब्लिक च्वाईस अवार्डतर्फ समीक्षा कँडेल, व्यावसायिक विधातर्फ शुभेक्षा सापकोटालगायत विजयी हुनुभएको सोसाइटीले जनाएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठानका प्राज्ञ डा ऋषि शाहको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकद्वय डा. निलम श्रेष्ठ प्रधान, डा सिताराम ब्याहुत, काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा बालचन्द्र लुइँटेल, बायोटेक्नोलोजी सोसाइटी अफ नेपालका अध्यक्ष श्री नवीन मुनाकर्मी तथा युवा प्राविधिक ई रोशन पाण्डे सदस्य रहनुभएको सोसाइटीले जनाएको छ ।

 विजेतालाई यही माघ २९ गते ‘विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस’ को अवसर परेर पुरस्कार वितरण गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना