Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ माघ २१ गते, अपराह्न ४:२३ बजे
काठमाडौँ - KTM

कोभ्याक्समार्फत नेपालमा साढे २२ लाख डोज कोरोना खोप आउने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २१, काठमाडौं । नेपालले कोभ्याक्समार्फत पहिलो चरणमा २२ लाख ५६ हजार डोज कोरोना खोप आउने देखिएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बुधबार सार्वजनिक गरेको अन्तरिम वितरण पूर्वानुमानमा नेपालले पहिलो चरणमा २२ लाख ५६ हजार जोड खध्प पाउने उल्लेख छ।‌ यो नेपालको जनसंख्याको करिब ३.३ प्रतिशत हो ।

यो खोप सन् २०२१ को‌ पहिलो छ महिनामा प्राप्त हुनसक्ने बताइएको छ ।

सबै देशमा समानरूपमा कोरोना खोप उपलब्ध गराउने लक्ष्यसहित विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र खोपबारे पैरवी गर्ने अन्य समूहले सन् २०२० को अप्रिलमा कोभ्याक्स अभियान घोषणा गरेका थिए ।

कोभ्याक्स अभियान अन्तर्गत सन् २०२१ को अन्तिमसम्ममा विश्वभर २ अर्ब डोज खोप आपूर्तिको लक्ष्य डब्ल्यूएचओले लिएको छ ।