Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ माघ २२ गते, बिहान १०:४२ बजे
काठमाडौँ - KTM

पछिल्लो २४ घण्टामा १ सय ७१ जनामा कोरोना पुष्टि,मृतकको संख्या कति पुग्यो ?

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २२, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एक सय ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षण गर्दा एक सय ७१ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७१ हजार ६ सय २ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा दुई सय २७ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६७ हजार २९२ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २ सय ७७ रहेको छ । 

हालसम्म २० लाख ८५ हजार ५ सय ७३ जनाकाे पीसीआर परीक्षण भएको छ ।