२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा न्यूनतम तलब मार्चदेखि

२०७७, २६ माघ सोमबार ०२:५२

माघ २६, काठमाडौं । कतारले नयाँ घोषणा गरेको न्यूनतम तलबलाई रोजगारदाताले मार्चदेखि अनिवार्य कार्यान्वयन गर्नुपर्ने जनाएको छ ।

कतारले ६ महिनाअगाडि अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल घोषणा गरेको थियो ।

प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले नेपाली समुदायका प्रतिनिधिसँग छलफल गरी यसबारे जानकारी गराएको हो ।

‘मार्चदेखि सबै रोजगारदाताले आफ्ना श्रमिकलाई कतार सरकारले तोकेको न्यूनतम तलब भुक्तानी गर्नुपर्छ,’ श्रम मन्त्रालयका सचेतना, निर्देशन तथा श्रम महाशाखा प्रमुख साल्ह अल खलाफले भने, ‘हामी यसलाई कडाइका साथ कार्यान्वयन गर्नेछौँ ।’

उनले रोजगारदाताले आफ्ना श्रमिकलाई बैंकमार्फत तलब दिनुपर्ने बाध्यकारी नियम बनाएको बताए ।

कतारले २०२० को कानुन नम्बर १७ जारी गर्दै निजी क्षेत्रमा कार्यरत सबै श्रमिकको न्यूनतम तलब निर्धारण गरेको हो । घरेलु श्रमिकको हकमा पनि यो लागू हुने उनले बताए ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा