२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स नेपाल भित्रियो, रोजगारीमा जाने भने घटे

२०७७, २७ माघ मंगलवार ०२:५५

माघ २७, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । सो अवधिमा ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्था’मा उल्लेख भएअनुसार समीक्षा अवधिमा रेमिट्यान्स दर ११ दशमलव १ प्रतिशतले बढेको छ ।

विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रास हुनुअघिको अवस्थाभन्दा अहिले नेपाल भित्रिने रेमिट्यान्स रकममा निकै सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स (विप्रेषण आप्रवाह) शून्य दशमलव ६ प्रतिशतले मात्रै बढेको थियो । यसलाई अमेरिकी डलरमा हिसाब गर्दा नेपाल भित्रिने विप्रेषण आप्रवाह दर ६ दशमलव ७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह शून्य दशमलव ९ प्रतिशतले बढेको थियो ।

रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढे पनि वैदेशिक रोजगारीमा जानेहरूको अवस्था भने यस अवधिमा निकै कमजोर देखिएको छ । चालु आवको ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपाली कामदारको संख्या ७७ दशमलव ६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७ दशमलव ७ प्रतिशतले बढेको थियो ।

यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएर विभिन्न मुलुकतर्फ जाने नेपाली कामदारको संख्या यस अवधिमा ६८ दशमलव ९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या शून्य दशमलव ५ प्रतिशतले बढेको थियो । अहिले कोरोना महामारीको प्र्रभावका कारण वैदेशिक रोजगारीमा जानेहरूको संख्या घटेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा