२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साँझ परेपछि बालुवाटारमा पुगेको सूचना

२०७८, १५ बैशाख बुधबार ०२:२३

बैशाख १५, काठमाडौं । रात परेपछि बालुवाटारमा कस्ता कस्ता सूचना पुग्दा रहेछन् भने, सुन्नासाथ प्रधानमन्त्री झस्किहाल्ने । ९ गते आइतबार रातिको एउटा सूचनाका कारण ओलीपक्षीय केन्द्रीय सदस्यहरुले सोमबार बिहानबिहानै दुःख पाए ।

राति त्यहाँ पुगेको सूचना थियो, ‘नेपाली कांग्रेसले भोलि दिउँसो अविश्वासको प्रस्ताव दर्ता गर्ने भयो । त्यसमा माओवादी केन्द्र र जसपाका सांसदले हस्ताक्षर गर्ने र सदनमा पेश हुँदा माधव नेपालपक्षले फ्लोर क्रसमार्फत सघाउने बचन दिएको छ ।

’ अर्को डर थियो, माधव नेपालपक्षले आफूहरुलाई कारवाही गर्ने केपी ओलीको निर्णय कार्यान्वयन नहोस् भन्नका लागि सर्वोच्चमा दायर रिटमाथि आइतबार नै आदेश हुने र त्यो आदेशले सबै निर्णय प्रभावित हुने । त्यसकारण यी दुई काम हुनुअगावै ‘केही गर्नुपर्ने’ हुटहुटी जाग्यो । र, राति ११ बजे महाधिवेशन आयोजक कमिटी सदस्यहरुको मोबाइलमा एसएमएस बज्न थाल्यो, भोलिपल्ट बिहान १० बजे बालुवाटारमा बैठकबारे ।

कम्युनिष्ट पार्टीको बैठक त महासचिवले बोलाउने हो, तर केन्द्रीय सदस्यहरुले पाएकै म्यासेज हेरेर महासचिव ईश्वर पोखरेल पनि एकछिन चकित खानुभयो । भोलिपल्ट नेताहरु समयमै बालुवाटार पुगे । तर, साढे दुई घण्टा पर्खिनेमा परे ।

पछि प्रधानमन्त्री पुगे, १० मिनेटमा आफ्नो कुरा राखेर ‘बैठक’ सिध्याए । ‘केन्द्रीय कमिटी बैठक’ भनेका कारण सबैजसो नेताहरु ३ नं. गेट नजिकैको हलमा भेला भएका थिए । तर, डा.पुष्प कँडेलसहित नवनियुक्त स्थायी कमिटीका सदस्यहरुलाई बोलावट आयो र उनीहरु भित्रिए । अर्थात्, आयोजक कमिटीअघि स्थायी कमिटी बैठक बस्यो । भित्र के–के कुरा भयो, अरुलाई थाहा भएन ।

प्रधानमन्त्रीले हलभित्र छिरेर केही कुरा राखेपछि सबै केन्द्रीय सदस्यलाई एउटा व्यहोरा नखुलाइएको कागजमा सही गर्न लगाइयो । सबै लाइन लागेर सही गर्न थाले । अचम्म के भने स्पष्टिकरण चित्त नबुझे कारवाहीको अधिकार ६ गतेकै बैठकले स्थायी कमिटीलाई दिइसकेको थियो । त्यसो हुँदाहुँदै यही प्रयोजनका निम्ति फेरि आयोजक कमिटीको भेला गराइयो ।

यदि स्पष्टिकरण सोधिएका सांसदलाई कारवाही गर्नु परेमा त्यही हस्ताक्षरका आधारमा हुने गरी उनीहरुलाई सही  गराइएको गाइँगुइँ चल्दै थियो । तर, एमालेको जटिलता कस्तो छ भने, केन्द्रीय कमिटीकै निर्णयअनुसार स्पष्टिकरण सोधिएका सांसदहरुको पद रिक्त गराउन खोजियो भने पनि मिल्दैन । किनभने, सांसद पद रिक्त हुने तीन प्रकारका व्यवस्थामध्ये कुनै पनि अवस्था अहिले छैन ।

न उनीहरुले दल परित्याग गरेका छन्, न राजनीतिक दल विभाजित गराएका छन्, न त पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस नै गरेका छन् । माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषालसहितका सांसदलाई संसद सदस्य नरहने  गरी कारवाही नै गर्नुपर्ने भयो भने पनि उहाँहरुले पार्टी ह्वीपको उल्लंघन गर्दैै फ्लोर क्रस गरेपछि मात्रै हो । त्यसअघि कारवाहीका अंगहरु पुग्दैनन् । 

आजको जनआस्थासाप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो