२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीमा कोरोना सङ्क्रमितको दर तीव्ररुपमा बढ्दै

२०७८, १६ बैशाख बिहीबार ०५:००

वैशाख १६, कर्णाली । कोभिड–१९ को विश्वव्यापी सङ्कटको असर कर्णालीमा पनि दैनिक बढ्न थालेको छ । समुदायस्तरसम्म सङ्क्रमण फैलिन र कोरोनाकै कारण मृत्यु सङ्ख्या बढ्न थालेपछि नागरिकमा त्रासदी फैलिएको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरण गर्न सुर्खेतमा एक साता अघिदेखि सरकारी तथा निजी विद्यालयहरु बन्द भइसकेका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अत्यावश्यक क्षेत्र र काम कारवाहीको तालिका सार्वजनिक गर्दै यही वैशाख १४ देखि २१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । कर्णालीका अन्य जिल्ला प्रशासन कार्यालयले पनि विभिन्न कार्यक्रम, हिँडडुल तथा आवतजावतमा भीड हुन नदिन कडाइ गरेका छन् ।  

 कोरोना सङ्क्रमणमा अत्यधिक प्रभावित भएका भारतबाट ज्यालादारी काम गरेर फर्केका कर्णालीका नागरिकबाट सङ्क्रमण बढ्ने कुरालाई गम्भीरताका साथ बुझेर कर्णाली प्रदेश सरकारले प्रवेश नाकामा कडाइ गरेको छ । यद्यपि सङ्क्रमण दर भने घटेको छैन । एक सातादेखिको अवस्थालाई नियाल्दा कर्णालीमा दैनिक ६० देखि ७५ प्रतिशतको दरले कोरोनाका सङ्क्रमित बढेको देखिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा डा डम्बर खड्काले जानकारी दिनुभयो ।

“यो एक/दुई दिनमा केही मात्रामा घटे पनि ६० प्रतिशतभन्दा तल सङ्क्रमण दर जान सकेको छैन”, उहाँले भन्नुभयो, “सङ्क्रमितहरुले अस्पताल भरिभराउन हुन थालेको छ । यो आपत्कालीन अवस्थामा जनशक्ति अभाव हुँदा काम गर्न पनि समस्या भएको छ ।” उहाँका अनुसार कर्णालीमा बुधबार एकैदिन ३११ कोरोना सङ्क्रमित थपिएका छन् । 

आइसियु ३५ र भेन्टिलेटर पनि आवश्यकता अनुसार तयारी अवस्थामा रहेको उल्लेख गर्दै उहाँले उपकरण सञ्चालन गर्ने जनशक्ति भए १०० आइसियु पनि चलाउन सकिने बताउनुभयो । केही दिनमै अस्पतालको नवनिर्मित भवनमा सर्ने र आफ्नै प्लान्ट सञ्चालन गरी काममा सहजता ल्याउने उहाँको भनाइ छ ।

 प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १४३ र र्यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको  छ । सङ्क्रमण पुष्टि भएकामध्ये २१५ जना सुर्खेतका मात्र छन् ।  

निर्देशनालयका अनुसार सङ्क्रमितमा दैलेखका ३२, सल्यानका २९, कालिकोटका १०, रुकुम पश्चिमका नौ, जुम्लाका आठ, जाजरकोटका सात, डोल्पाका एक र अन्य प्रदेशका तीन जना रहेका छन् । योसँगै कर्णाली प्रदेशमा कुल सङ्क्रमित हुनेको सङ्ख्या आठ हजार ८९५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा आज थप एकजना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । कर्णालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९८१ पुगेको छ । तीमध्ये सुर्खेतमा ६१६ जना रहेको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ । हालसम्म कर्णालीमा पिसीआरबाट ९९ हजार २९८ र एन्टिजेन्ट विधिबाट छ हजार ४६० जनाको परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा पाँचजना डिस्चार्ज हुँदा कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात हजार ५३८ रहेको छ । प्रदेशभरि गरेर पछिल्लो २४ घण्टामा २३० कोरोनाका बिरामी आइसोलेसनमा छन् । निर्देशक खड्काका अनुसार प्रदेश अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका सङ्क्रमितहरुको अवस्था अझ बढी गम्भीर रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ