पढ्न करिब 2 मिनेट लाग्छ

वैशाख २०, काठमाडौं । कोरोना संक्रमणको नियन्त्रण गर्नको लागि पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ४२ पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले ३१ जिल्लामा पूर्ण र ११ जिल्लामा निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरेका छन् ।

आज बिहानदेखि बर्दियामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । यसअघि ठाउँ विशेषमा निषेधाज्ञा जारी गरिए पनि आज बिहान ६ बजेदेखि आउँदो ३१ गते बिहान ६ बजेसम्म पूर्णरुपमा निषेधाज्ञा लागू भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

बझाङमा र बैतडीमा आज बिहानैदेखि निषेधाज्ञा लागू भएको छ । बझाङमा आज बिहान १ बजेदेखि २६ गते राति १२ बजेसम्म र बैतडीमा आज बिहान ८ बजेदेखि जेठ २ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी भएको गृहमन्त्रालयको विवरणमा उल्लेख छ ।

अर्घाखाँचीमा आज राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । कपिलवस्तुमा वैशाख २१ गते बिहान ४ बजेदेखि ३१ गते राति १२ बजेसम्म, धादिङमा पनि वैशाख २१ गते बिहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्म, नुवाकोटमा २१ गते बिहान चार बजेदेखि २७ गते राति १२ बजेसम्म र धनुषामा २१ गते विहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा हुने सूचना जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेका छन् ।

यसैगरी दैलेखमा पनि मंगलबार राति १२ बजेदेखि २८ गते राति १२ बजेसम्म जिल्लाभर पूर्ण निषेधाज्ञा लागू हुने छ ।

बागलुङ नगरपालिका क्षेत्रभर मंगलबार बिहान ६ बजेदेखि ३० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । यसअघि बागलुङ नगरपालिकाका वडा नम्बर १२, १३ र १४ मा १७ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ गतेदेखि नै निषेधाज्ञा जारी छ ।

हेर्नुहोस् निषेधाज्ञा जारी भएका जिल्लाहरुको सूची