पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख २१, काठमाडौँ | काठमाडौँ उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

यस अघि उपत्यकाका तीनै जिल्लामा साँझ ५ बजेदेखि ७ बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न पाउने निर्णय सच्याइएको छ । अब भने साँझ किराना र डिपार्टमेन्ट स्टोर खोल्न नदिने निर्णय गरिएको छ ।

निर्णय अनुसार किराना र डिपार्टमेन्ट स्टोर खोल्नको लागि बिहान ७ बजेदेखि ९ बजेसम्मको समय छुट्याईएको छ । उपत्यकामा वैशाख १६ गतेदेखि २२ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमणको अवस्था भयावह भएपछि निषेधाज्ञा थप कडा बनाइने भएको छ । अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको छ । साथै यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ । त्यस्तै कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाइएको छ ।