पढ्न करिब 2 मिनेट लाग्छ

साउन २८, काठमाडौँ । काठमाडौँ स्तम्भ निर्माण प्रक्रियाको विवरण साउनभित्र काठमाडौँ महानगरपालिकामा नल्याए निर्माणका लागि जिम्मा पाएको कम्पनीलाई रोक लगाइने भएको छ ।

करिब दुई महिनाअघि नै निर्माणको काम सुरु गर्ने जनाउँदै पुरानो बसपार्कबाट आवतजावत गर्ने यातायातका साधनलाई खुला मञ्चमा सारिसकिएको छ । अहिलेसम्म स्तम्भ निर्माणको काम अघि बढाउनुपर्ने भए पनि हालसम्म जस्ताले बार्ने काम मात्र भएकाले साउन महिनाभरि विवरण ल्याउन नसके कम्पनीलाई रोक लगाइने कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताउनुभयो ।

एक महिनाअघि पनि काठमाडौँ स्तम्भ निर्माणको काममा ढिला भएको जनाउँदै तत्काल सुरु गर्न निर्देशन दिइए पनि कम्पनीले आलटाल गरिरहेको कार्कीको भनाइ छ । स्तम्भ निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द र विकोईका प्रमुख मनोज भेटुवालले निर्माण सामग्रीको अभावले गर्दा ढिला भएको बताउनुभयो । “टावर निर्माणको सम्पूर्ण सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले निर्माण सुरु गर्न ढिला भएको हो”, भेटुवालले भन्नुभयो । उहाँका अनुसार सिमेन्ट, ढुङ्गा, गिट्टी बालुवा लगायत सामग्रीबाहेक अन्य सबै निर्माणका सामान भारतबाट ल्याउनुपर्छ ।

भारतबाट आवश्यक सामग्री केही दिनमा आइपुग्ने र सामग्री आएसँगै निर्माणले गति लिने बताइएको छ । प्रमुख भेटुवालले भन्नुभयो, “बर्खाको समय भएको हुँदा विभिन्न स्थानको सडक अवरुद्ध भएकाले पनि सामग्री ल्याउन समस्या हुँदा काम सुरु गर्न ढिला भएको हो ।” भवन पूर्ण रूपमा भूकम्प प्रतिरोधात्मक र १२ तलाको बनाउने तयारी छ ।

नेपालमा हालसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिकतासँगै नेपाली कला, संस्कृति झल्किने खालको हुने बताइएको छ । कामपासँग गरिएको सम्झौतानुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउनेछन् । काम सुरु भएको पाँच वर्षभित्र स्तम्भ बनाइसक्नुपर्नेछ । भवनको सबैभन्दा तल्लो तलामा बस पार्किङ स्थल रहनेछ ।

त्यस्तै त्यसको माथि दोस्रो तलामा हलुका गाडीको पार्किङ, व्यवस्थित चलचित्र कक्ष, पौडी पोखरी, खाजाघर, बैंक तथा कामपाको वडा कार्यालय समेत रहनेछ । स्तम्भ निर्माणको लागत रु तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ । रासस