Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ जेठ २४ गते, बिहान ७:५७ बजे काठमाडौँ - KTM, राजनीति

खनाल-नेपाल समूहले बोलायो आकस्मिक बैठक

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>जेठ २४, काठमाडौँ | नेपाल एमालेको झलनाथ खनाल र माधव नेपाल समुहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । आइतवार राति ओलीले ससर्त पार्टीलाई जेठ २ मा फर्काउने निर्णय लिएपछि खनाल–नेपाल पक्षले सोमबार बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाएको हो ।<br></p><p>खनाल-नेपाल समूहले ओलीको वक्तव्यबारे औपचारिक धारणा सार्वजनिक गर्न बैठक बोलाइएको जनाएको छ । बैठकमा ओलीको वक्तव्यहरुबारे औपचारिक छलफल गरिने बुझिएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद बिघटनको मुद्धा सर्वोच्चमा रहिरहेको अवस्थामा मुद्धा प्रभावित पार्नको लागि एमालेलाई जेठ ३ अघिको अवस्थामा फर्काउने घोषणा गरेपछि त्यसको जवाफमा आकस्मिक वैठक डाकिएको बुझिएको छ । </p><p>ओलीको बक्तव्यलाई नेपाल-खनाल समूहबाट नाटक मानिएको छ । अहिलेको ओलीलाई साथ दिन सक्ने अवस्था नरहेको खनाल-नेपाल समूहका नेताहरुको तर्क छ ।&nbsp;</p>