पढ्न करिब 1 मिनेट लाग्छ

जेठ २५, काठमाडौं । एमालेको माधवकुमार नेपाल पक्षले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको बचाउ गरेको छ ।

माधव पक्षले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री केपी ओलीमाथि सर्वोच्च अदालतको फैसलापछि नेकपा माओवादी केन्द्रसँग एकीकरणका प्रयास गरेका भन्ने विषयमा प्रश्न तेस्र्याइएको छ ।

अध्यक्ष ओलीबाट पार्टी विधानविपरीत गुटबन्दी भएपछि पार्टीमा समस्या आएको नेपाल पक्षले बताएको छ ।

आफूहरु सुरुदेखि नै एकताका पक्षमा रहेको तर ओलीले नवौँ राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, नीति र कार्यदिशा छाड्नुका साथै पार्टी विधानको उल्लंघन गरेकाले समस्या भएको माधव पक्षको आरोप छ ।

नेकपा माओवादी केन्द्रका दाहालले आफ्नो कारणले एकताको प्रयास सफल नभएको भन्ने प्रधानमन्त्री ओलीको भनाई सरासर झुठो, भ्रामक र षड्यन्त्रपूर्ण भएको बताएका छन् ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।