साउन २८, इस्ताबुल (टर्की) । टर्कीले रसियालाई बिहीबार सिरियाका जिहादी समूह इस्लामिक स्टेट्स (आइए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, इस्ताबुल (टर्की) । टर्कीले रसियालाई बिहीबार सिरियाका जिहादी समूह इस्लामिक स्टेट्स (आइए"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

आइएसविरुद्ध संयुक्त कारबाही गर्ने रसिया र टर्कीको तयारी

२८ श्रावण २०७३, शुक्रबार १०:२५

साउन २८, इस्ताबुल (टर्की) । टर्कीले रसियालाई बिहीबार सिरियाका जिहादी समूह इस्लामिक स्टेट्स (आइएस) विरुद्ध संयुक्त कारबाही अघि बढाउन आह्वान गरेको छ । 

रसियाको भ्रमणमा पुग्नुभएका टर्कीका राष्ट्रपति रेसेप तायिप एर्डोगान र रसियाली राष्ट्रपति भ्यादिमिर पुटिनबीच भएको एक महत्वपूण वार्ताका क्रममा टर्कीले सो आग्रह गरेको हो । यस विषयमा रसियासँग विस्तृत छलफल गर्ने र आइएस विरुद्धको कारबाहीमा रसियासँग मिलेर संयुक्त कारबाही गरिने टर्कीका विदेश मन्त्री मेभ्लुत क्याभ्उसोग्लुले एक निजी टेलिभिजनलाई दिनु भएको अन्तवार्तामा बताउनु भएको छ । 

यो प्रस्ताव पहिलो पटक टर्कीको तर्फबाट आएको भन्दै यसका लागि आवश्यक मात्रामा छलफल हुन बाँकी नै रहेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– यो प्रस्ताव पहिलो पटक टेबलमा आएको छ र यस विषयमा विस्तृत छलफल गरी सहमतिमा पुगिने छ । 

टर्कीका राष्ट्रपति रेसेप रसिया भ्रमणमा हुनुहुन्छ । उहाँले आफ्ना रसियाली समकक्षी भ्लादिमिर पुटिनसँग भएको भेटवार्तापछि रसियाले टर्कीसँगको आर्थिक सहकार्यलगायतका सम्बन्धहरु पुनःस्थापना गर्न तयार भएको जानकारी दिनुभएको थियो । 

गत नोभेम्बरमा सिरियाको सिमानानजिकै टर्कीले एउटा रसियाली विमानलाई गोली हानेर खसालेपछि टर्की र रसियाबीचको सम्बन्धमा चिसोपन आएको थियो । गत महिना टर्कीमा भएको असफल सैन्य विद्रोहको प्रयासपछि राष्ट्रपति एर्डोगानको पहिलो विदेश भ्रमण रसिया भएको हो । 

सेन्ट पिटस्बर्गमा यी दुई नेताबीच भएको यस भेटघाटमा एर्डोगानले असफल सैन्य विद्रोहपछि लगत्तै पुटिनले गर्नुभएको टेलिफोन वार्ताको लागि घन्यवादसमेत दिनुभएको थियो । 

यस सैन्य विद्रोह प्रयासमा संलग्न भएको आरोपमा आफ्नो देशभित्र हजारौ नागरिकलाई एर्डाेगानले गरेको कारबाहीलाई लिएर टर्की र पश्चिमा देशहरुबीच आएको चिसोपनको विषयलाई लिएर एर्डोगान रसिया भ्रमणमा जानुभएको बताइएको थियो । 

एर्डोगानको रसिया भ्रमणबाट दुई देशबीचको सम्बन्ध अत्यन्त सकारात्मक भएको बताइएको छ । यसपछि टर्कीले पनि आइएस विरुद्धको कारबाही संयुक्त रुपमा गर्नको लागि रसियालाई आह्वान गरेको हो । रासस÷एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार