साउन २८, बैंकक । थाइल्याण्डमा आज बिहान लगातार शृंखलाबद्ध आक्रमण हुँदा त्यहाँ निकै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, बैंकक । थाइल्याण्डमा आज बिहान लगातार शृंखलाबद्ध आक्रमण हुँदा त्यहाँ निकै "/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

थाइल्याण्डमा केहि घण्टायता ११ स्थानमा बम धमाका

२८ श्रावण २०७३, शुक्रबार १०:३७

साउन २८, बैंकक । थाइल्याण्डमा आज बिहान लगातार शृंखलाबद्ध आक्रमण हुँदा त्यहाँ निकै त्रास फैलिएको छ । संचार माध्यमहरुका अनुसार आज बिहानसम्म २४ घन्टायता कम्तीमा पनि ११ स्थानमा बम हमला भएको छ । 

बिभिन्न बम हमलामा परी चार जनाको ज्यान गएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका पनि जनाइएको छ । बम हमला पछी प्रहरीले उक्त बम हमलामा आतङ्कवादीको कुनै हात नरहेको जनाएको छ । 

थाई प्रहरीले शुक्रबार सो बम आक्रमणहरुको बारेमा अनुसन्धान गरेको र सो अनुसन्धानपछि उक्त निष्कर्षमा पुगेको जनाएको छ । 

ती आक्रमणहरु आतङ्ककारी प्रकृतिका नभएका पाइएको प्रहरीको भनाई छ । थाइल्याण्डका दक्षिणी प्रान्तहरुमा पछिल्ला वर्षहरुमा हिंसात्मक क्रियाकलापहरु हुने गरेका छन् । तिनै प्रान्तमा नै यो गएको २४ घन्टायता हिंसा मच्चिएको हो । 

ती क्षेत्रहरुमा शुक्रबार बिहानैदेखि कडा सुरक्षा व्यवस्था अपनाइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार