२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेस्रो लहरको कोरोना संक्रमणमा बालबालिका बढी प्रभावित हुने

२०७८, १ असार मंगलवार ०२:२७

असार १, काठमाडौं । काठमाडौं सम्भावित तेस्रो लहरको कोरोना संक्रमण मध्यनजर गर्दै त्यसले बालबालिका बढी प्रभावित हुने आँकलन गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो र दोस्रो लहरमा युवा–प्रौढमा संक्रमण देखिएपछि तेस्रो लहरमा बालबालिका प्रभावित हुनसक्ने औंल्याएको हो । हालसम्म देशभर १० वर्ष उमेर समूहसम्मका १४ हजार ३ सय १६ जनामा संक्रमण देखिएको छ ।

कुल संक्रमितमध्ये १४ हजारभन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाउँछ । कुल संक्रमितमध्ये ६ प्रतिशतभन्दा बढी बालबालिकामा कोरोना पाइएको छ । राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार देशभर कुल जनसंख्याको ४१.८४ प्रतिशत बालबालिका छन् ।

केही दिनयता संक्रमित संख्या घटेको देखिए पनि जोखिम कायमै रहेको जनस्वास्थ्य विज्ञले सचेत गराएका छन् । अबको जोखिम बालबालिकामा हुनसक्ने भन्दै मन्त्रालयले सबै अस्पताललाई कुल शय्याको २० शय्या तयारी अवस्थामा राख्न आग्रहसमेत गरेको छ ।

स्वास्थ्य मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायका अनुसार स्वीकृत शøयाको २० प्रतिशत १० संक्रमित बालबालिका उपचारमा प्रयोग हुनेगरी छुट्याउन आग्रह गरिएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेल कोरोना उच्च जोखिममा बालबालिका रहेको औंल्याउँछन् । ‘बालबालिकाका लागि खोप उपलब्ध छैन, यसकारण अभिभावकलाई संक्रमण लक्षणलगायत विषयमा सन्देशमुलक सूचना बनाउनुपर्ने हुन्छ,’ उनले भने, ‘हाल, बालबालिकाका लागि खोप ट्रायल भए पनि नतिजा आउन सकेको छैन ।’

यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा