साउन २८, काठमाडौं । एनएमबी बैंकले विद्यार्थीहरुलाई शैक्षिकक प्रमाणपत्र धितो राखेर थप अध्ययनका लागि शैक्षिक कर्जा दिने भएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, काठमाडौं । एनएमबी बैंकले विद्यार्थीहरुलाई शैक्षिकक प्रमाणपत्र धितो राखेर थप अध्ययनका लागि शैक्षिक कर्जा दिने भएको छ "/>
१९ माघ २०८२, आईतवार
अर्थ/विकास

प्रमाणपत्र धितोमा राखेर ऋण दिने ब्यबस्था एनएमबी बैंकबाट सुरुवात

२८ श्रावण २०७३, शुक्रबार ११:५३

साउन २८, काठमाडौं । एनएमबी बैंकले विद्यार्थीहरुलाई शैक्षिकक प्रमाणपत्र धितो राखेर थप अध्ययनका लागि शैक्षिक कर्जा दिने भएको छ । बैंकले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हिमालय कलेज अफ इन्जिनियरिङ ललितपुरमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई प्रमाणपत्र धितो राखेर शैक्षिक कर्जा दिने भएको हो ।

शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धमा एनएमबी बैंक र हिमालय कलेजबीच शुक्रबार सम्झौता भएको हो । यो सम्झौतासँगै हिमालय कलेजमा इन्जिनियरिङमा स्नातक अध्ययन गर्न चाहने जेहेन्दार विद्यार्थीले शैक्षिक शुल्कको ४० देखि ८० प्रतिशत सहुलियतपूर्ण कर्जा पाउने भएका छन् ।

बैंकका अनुसार शैक्षिक कर्जाको अवधि ४ वर्षको हुने र अध्ययनमा उत्कृष्टता, लगनशीलता र विश्वसनीयताका आधारमा बैंकले अर्को चार वर्षका लागि किस्ताबन्दीमा ऋण तिर्न सक्ने सुविधा प्रदान गर्नेछ । यसरी शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिने विद्यार्थीहरुले आर्थीक अवस्था हेरी बैंकलाई बार्षिक ५ देखि ८ प्रतिशत ब्याज तिरे पुग्छ ।

सरकारले चालू आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । बैंकहरुले यस्तो ऋण दिन नसकिने बताइरहेका बेला एनएमबी बैंकले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार