Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ साउन ३० गते, बिहान ९:३४ बजे
अर्थ/विकास

धरहरा पुनर्निर्माण गर्न नेपाल टेलिकमद्वारा २ अर्ब लगानी गर्ने प्रस्ताव

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:


साउन ३०, काठमाडौं । नेपाल टेलिकमले धरहराको निर्माण, सञ्चालन र व्यवस्थापनमा चासो देखाउंदै २ अर्ब खर्च गर्ने प्रस्ताव गरेको छ  । 

टेलिकमका अधिकारीहरुले उक्त प्रस्ताव पुरातत्व विभागसमक्ष पेश गर्दै धरहरा बनाउन अहिलेसम्म उठेको रकममा आवश्यक सबै आफूले थपेर धराहरा बनाउने प्रस्ताव गरेको हो । सरकारले धरहरालाई विसं १९९० अघिकै स्वरुपमा ११ तलमा पुनर्निर्माण गर्ने योजना तयार गरिसकेको छ । 

सरकारले प्रस्तावित धराहराको निर्माण लागत ३ अर्ब अनुमान गरेको छ  । अहिले सरकारले जनताबाट रकम उठाएर धरहरा बनाउने भन्दै ‘म बनाउँछु धरहरा’अभियान चलाइरहेको अवस्थामा सो अभियानमा टेलिकमले अब बाँकी पैसा आफैले थपेर धरहरा बनाउने प्रस्ताव राखेको हो । धरहरा बनाउने यो पहिलो प्रस्ताव भने हैन यसअघि जगदम्बा ग्रुपले पनि प्रस्ताव ल्याएको थियो ।