साउन ३१, काठमाडौं । नेपालमा रेल्वे ट्र्याक बिस्तार गर्न सरकारले ३ तीन बर्षे योजना सार्वजनिक गरेको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, काठमाडौं । नेपालमा रेल्वे ट्र्याक बिस्तार गर्न सरकारले ३ तीन बर्षे योजना सार्वजनिक गरेको छ । "/>
२०८२, १६ चैत्र सोमबार
अर्थ/विकास

तीन वर्षभित्रमा ७० किलोमिटर रेल्वे ट्र्याक खोलिने

२०७३, ३१ श्रावण सोमबार ०९:०३

साउन ३१, काठमाडौं । नेपालमा रेल्वे ट्र्याक बिस्तार गर्न सरकारले ३ तीन बर्षे योजना सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको योजनामा ७० किलोमिटर लामो रेल ट्रयाक खोल्ने योजना छ । 

रेल्वे विभागका अनुसार यो आर्थिक वर्षमा ५ किलोमिटर, आव ०७४/०७५ मा २५ किलोमिटर र अर्को आव ०७५/७६ मा ४० किलोमिटर रेल्वे ट्र्याक खोल्ने लक्ष्य छ । विभागले महोत्तरीको बर्दिबासदेखि झापाको काँकडभिट्टासम्म २ सय ५५ किलोमिटर खण्डका लागि डीपीआर तयार गरिसकेको छ । 

त्यस्तै, बर्दिबासदेखि बाराको सिमरासम्म १ सय ८ किलोमिटरमध्ये ३० किलोमिटरमा ठेक्का लगाई ट्र्याक खोल्ने काम भइरहेको छ । सिमरादेखि बुटवलसम्म १ सय ५२ किलोमिटर लामो रेलका लागि चितवन राष्ट्रिय निकुञ्जका कारण समस्या भएको छ । यसको डीपीआर भने तयार भइसकेको छ ।

बर्दिबास–सिमरा रेलमार्गअन्तर्गत ३० किलोमिटरको कामलाई निरन्तरता दिँदै बर्दिबास–काँकडभिट्टा २ सय ९२ किलोमिटर तथा बुटवल–गड्डाचौकी ४ सय ०६ किलोमिटर खण्डको डीपीआर तयार गर्ने र निजगढ–हेटौंडा–भरतपुर खण्डको सम्भाव्यता अध्ययन तयारीका लागि चालू आवमा १ सय ३५ हेक्टर थप जग्गा अधिग्रहण गर्ने सरकारी योजना छ । रेलको काम अघि बढाउन ८ सय ७० हेक्टर जग्गा अधिग्रहण गर्ने र १२ सय २६ किलोमिटर लामो रेल मार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने विभागले जनाएको छ । 

परियोजनाअन्तर्गत रुपन्देहीको बुटवलदेखि कञ्चनपुरको गडडचौकीसम्मको डीपीआर बनाउने काम भइरहेको छ । चालू आर्थिक वर्षमा डीपीआर तयारीका लागि बजेट विनियोजन भएपछि रेल्वे विभागले परामर्शदाता नियुक्तिको तयारी थालेको छ । ४ सय २० किलोमिटर यो खण्डमा विद्युतीय रेल सञ्चालनका लागि विभागले १७ वटा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी छनोट गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा