पढ्न करिब 2 मिनेट लाग्छ

२०७८ पौष १ गते (बिहीबार)

दिउँसो : प्रदेश १ तथा बाँकी पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी ,गण्डकी तथा बाग्मती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७८ पौष २ गते (शुक्रबार)

दिउँसो : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा हल्का वर्षा र उक्त प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ पौष ३ गते (शनिबार)

दिउँसो : देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा तथा बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।