पढ्न करिब 1 मिनेट लाग्छ

पुस ३, काठमाडौँ | काठमाडौंको तापक्रम यो वर्षकै न्यून मापन गरिएको छ। आज बिहानकाे न्यूनतम तापक्रम २ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको हो।

गत बिहीबार यो वर्षकै कम न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएकोमा आज दशमलव ६ डिग्री तापक्रम घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशका अरु ठाउँमा पनि आज न्यूनतम तापक्रम घटेको छ। काठमाडौंसहित देशका धेरै ठाउँमा लगातार चिसो बढ्दै गएको छ।

तराईका जिल्लामा पनि तापक्रम घटिरहेको छ । तराईमा हुस्सुका कारण जनजीवन प्रभावित बनेको छ । आज पहाडी र हिमाली क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने र उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ।