Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ पुष ०४ गते, बिहान १०:३३ बजे काठमाडौँ - KTM, समाज

देशभर ह्वात्तै बढ्यो चिसो, काठमाडौँको तापक्रम ३ डिग्रीसेल्सियस मापन

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ४, काठमाडौँ | देशभर उल्लेखनीय प्रणालीको प्रभाव नभए पनि केही स्थानमा हुस्सु कुहिरो लागेको छ। देशभर चिसो बढ्ने क्रम जारी रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।

अहिले पहाडी भू–भागहरूमा आंशिक बदली रही सुदूरपश्चिम, लुम्बिनी प्रदेशका तराइका केही र बाँकी प्रदेशका तराईका भू–भागका थोरै स्थानमा हुस्सु–कुहिरो लागेको छ।

आइतबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै राति प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

यसैबीच काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आइतबार बिहान ३ डिग्रीसेल्सियस मापन भएको छ।