पढ्न करिब 1 मिनेट लाग्छ
<p>माघ २, काठमाडौँ | राष्ट्रियसभाको यही माघ ३ गते दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगन भएको छ । <br></p><p>राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगन भएको सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिनुभयो ।</p>

