माघ ४, काठमाडौँ | विभागस्तरमा स्तरोन्नति भएको चार वर्षसम्म पनि राष्ट्रिय अभिलेखालयमा स्वीकृत दरबन्दीकै पदपूर्ति हुन सकेको छैन ।

विसं २०७४ मा अभिलेखालय विभागस्तरमा स्तरोन्नति भएको थियो । अभिलेखालयमा हाल ३० जन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, काठमाडौँ | विभागस्तरमा स्तरोन्नति भएको चार वर्षसम्म पनि राष्ट्रिय अभिलेखालयमा स्वीकृत दरबन्दीकै पदपूर्ति हुन सकेको छैन ।

विसं २०७४ मा अभिलेखालय विभागस्तरमा स्तरोन्नति भएको थियो । अभिलेखालयमा हाल ३० जन"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय अभिलेखालयमा जनशक्ति अभाव

२०७८, ४ माघ मंगलवार १०:४२

माघ ४, काठमाडौँ | विभागस्तरमा स्तरोन्नति भएको चार वर्षसम्म पनि राष्ट्रिय अभिलेखालयमा स्वीकृत दरबन्दीकै पदपूर्ति हुन सकेको छैन ।

विसं २०७४ मा अभिलेखालय विभागस्तरमा स्तरोन्नति भएको थियो । अभिलेखालयमा हाल ३० जनाको दरबन्दी स्वीकृत गरिएको छ । तर कार्यरत भने १६ जनामात्र रहेको अभिलेखालयका निमित्त प्रमुख सौभाग्य प्रधानाङ्गले राससलाई जानकारी दिनुभयो ।

कार्यालय विभागस्तरमा स्तरोन्नति भएकै वर्ष स्वीकृत दरबन्दीको सङ्ख्या भने ३७ बाट ३० मा झरेको थियो । राज्य पुनर्संरचना भएको भन्दै अभिलेखालयको दरबन्दी घटाइएको हो । जसका कारण एक जना कर्मचारीले बिदा लिए शाखा नै बन्द गर्नुपर्ने अवस्थामा अभिलेखालय पुगेको छ । कार्यालयमा हाल अभिलेख शाखाको उपसचिव, माइक्रोफिल्म तथा विद्युतीय अभिलेख व्यवस्थापन शाखाका अधिकृत, पुस्तकालय अधिकृत, प्रशासनको नायब सुब्बा, रसायनविद्, रिप्रोग्राफर (माइक्रोफिल्म गर्ने), फोटोग्राफर, टाइपिस्ट नायब सुब्बा, लेखकजस्ता गरी १४ पद रिक्त छन् । 

 कुमारीचोक, परराष्ट्र मन्त्रालय, निजामती किताबखानाका धेरै दस्तावेज अभिलेखालयलाई प्राप्त भएको छ, कर्मचारी अभावकै कारण यी दस्तावेजलाई सूचीकृत गर्न सकिएको छैन। “२० जना जनशक्ति थप गरेर १० वर्ष काम गर्दा पनि नसकिने यी दस्तावेज अलपत्र अवस्थामा थन्किएका छन्, २० जनाको दरबन्दी थपका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा लेखी पठाएका छौँ”,उहाँले भन्नुभयो । 

जनशक्ति अभावकै कारण अभिलेखालयले विभिन्न कार्यालयमा रहेका २५ वर्ष पुराना राष्ट्रिय महत्वका कागजात सङ्कलन गर्न सकेको छैन । यसका लागि समन्वय गर्ने जनशक्तिकै अभिलेखालयमा अभाव छ । अभिलेखालयमा सेवा निवृत्त र सरुवा हुने तर पदपूर्ति नहुने समस्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी