१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आजदेखि देशभर सुपथ मूल्यका पसल (केमा कति छुट)

१ आश्विन २०७३, शनिबार ०६:२६

असोज १, काठमाडौं । दशैं तथा तिहारका समयमा उपभोक्तालाई राहत दिन सरकारले आजदेखि काठमाडौं उपत्यकासहित देशका बिभिन्न शहर र सदरमुकामहरुमा सुपथ मूल्यको पसल सञ्चालन गर्दैछ । 

दशैं तथा तिहारका समयमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सुपथ मूल्यका पसल सञ्चालनको गरेको हो । यी पसल अब कात्तिक २१ गतेसम्म चल्नेछन् ।

दशैंतिहारको लागि सस्तो उपभोग्य सामान उपलब्ध गराउन साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानको समन्वय रहेको छ । सुपथ मूल्यको पसलको उद्घाटन आपूर्तिमन्त्री दीपक बोहोराले सिंहदरबार परिसको साल्ट ट्रेडिङको विक्री केन्द्रमा खोलिएको पसलबाट गर्दैछन् ।

सुपथ मूल्यको पसल राजधानीमा ११ ओटा चलाउन लागिएको छ । त्यस्तै उपत्यका मोवाइल भ्यानबाट पनि घर दैलोमा सामान पुर्‍याउने व्यवस्था गरिएको छ । बिशेषगरि उपत्यकाबाहिर त्रिशुली, हटौंडा, बाग्लुंग, भैरहवा, पोखरा, कृष्णनगर, सुर्खेत, नेपालगंज, टिकापुर, धनगढी, महेन्द्रनगर, दिपायल, डडेल्धुरा, बेलौरी, बैतडी, अछाम, बाजुरा, बझाङ, विर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगञ्ग लगायत स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा आएका छन् ।

केमा कति छुट ? 

सुपथ मूल्यका पसलमा साल्ट नुन १६ रुपैयाँ र चिनी ७९ रुपैयाँमा किन्न पाइनेछ । त्यस्तै चामल र गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ भने भने खसीबोकामा पनि प्रतिकिलो १० रुपैयाँ छुट दिईनेछ ।

त्यस्तै मैदा, सुजी, दाल र सोयाविन तेलमा अधिकतम् छुट दिने गरी व्यवस्था मिलाइएको छ । दुग्ध विकास संस्थानले घीउमा प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ । यता चाडपर्वकै लागि सरकारले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घटाएर १२ सय ७५ रुपैयाँमा पाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन