असोज ४, थाइल्यान्ड । थाइल्यान्डको चाओ प्राया नदीको पुलमा ठोक्किएर आइतबार भएको डुङ्गा दुर्घटनामा मृत्यु भएकामध्ये मङ्गलबारसम्ममा २७ जनाको शव भेटिएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ४, थाइल्यान्ड । थाइल्यान्डको चाओ प्राया नदीको पुलमा ठोक्किएर आइतबार भएको डुङ्गा दुर्घटनामा मृत्यु भएकामध्ये मङ्गलबारसम्ममा २७ जनाको शव भेटिएको छ ।

२०८३, ४ जेष्ठ सोमबार
काठमाडौँ - KTM

डुङ्गा दुर्घटनामा २७ जना को शव भेटियो, दुई जना अझै बेपत्ता

२०७३, ४ आश्विन मंगलवार १०:५७

असोज ४, थाइल्यान्ड । थाइल्यान्डको चाओ प्राया नदीको पुलमा ठोक्किएर आइतबार भएको डुङ्गा दुर्घटनामा मृत्यु भएकामध्ये मङ्गलबारसम्ममा २७ जनाको शव भेटिएको छ ।

दुर्घटनामा परी हराइरहेका अरु दुई जना अझै नभेटिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । स्थानीय थाई अधिकारीले भेटिएका शवमध्ये छ ओटा शव आठ वर्षका बालकको रहेको जनाएका छन् । शव घटनास्थलदेखि पाँच किलोमिटर टाढा भेटिएका हुन् ।

अझैसम्म नभेटिएका एक पुरुष र एक जना महिला रहेका छन् । भेटिएका शवमध्ये २० वटा पुरुषको र सात वटा महिलाको रहेको अस्पतालले जनाएको छ ।

डुङ्गामा सवार १५० जनामध्ये ५० जनाभन्दा बढी घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ । हराइरहेकाहरुको अहिले पनि खोजीकार्य जारी रहेको सुरक्षा अधिकारीले जनाएका छन् ।

दुर्घटनापछि तत्काल नदीमा डोरी फालिएको र त्यही डोरीको सहयोगमा केही घाइते नदी बाहिर आएका थिए । पानीमा डुबी बेहोस भएका केही मानिसलाई समेत स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।

विपरित दिशाबाट आएको अर्को डुङ्गासँग ठोक्किनबाट जोगाउने प्रयास गर्दा डुङ्गा पुलको पिलरमा ठक्कर खाएपछि भएको सो दुर्घटनामा मृत्युहुने सबै थाई नागरिक रहेका बताइएको छ । रासस/सिन्ह्वा/एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन