Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ भदौ ०८ गते, बिहान ७:३१ बजे
नवलपुर - NWL

नवलपरासी पुगेर भुमीसुधार मन्त्रीले भने- ‘भुमाफियाको ब्रह्मलुट अब अन्त्य हुन्छ’

k By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:


मो. ईजहार शेष/भदौ ८, नवलपरासी । हुकम्बासी र भुमाफियाले गर्ने ब्रह्मलुट अब अन्त्य हुने भुमी सुधार तथा ब्यवस्था मन्त्री गोपाल दहितले बताउनु भएको छ । 

बुद्धवार नवलरासीको सरावल गाउँपाललिको प्रथम गाउँसभामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उँहाले विभिन्न अनलाईन सफ्टवेयरको ब्यवस्था मार्फत जग्गाजमिन सम्बन्धि भईरहेको गैर काननी काम निरुतसाहित गर्ने उँहाले बताउनु भयो ।

जग्गा सम्बन्धि हरेक कामको पार्दशितालाई प्राथमिकतामा राखेर नेपालको भुमि प्रशासनमा महिला, दलित, एकल महिला लगायतको नाममा रहेको जग्गाको बारेमा पार्दर्शि ब्यवस्था गर्ने उँहाले बताउनु भयो । 

यस्तै गाउँपालिकाले प्रस्तुत गरेको निति तथा कार्यक्रममा स्थानीय तहले सट टर्म र लंग टर्म योजना अन्तर्गत २० वर्षमा तहलाई मास्टर प्लान बनाएर अघि बढ्नुपर्ने उँहाले सुझाव समेत दिनुभयो । स्थानीय तहलाई सरकारले दिएको अधिकारको अधिकत्म सदोपयोग गरि स्थानीय धर्मसंस्कृति, भाषा र कलालाई संरक्षण स्थानीय तह मार्फत लाग्न आवश्यक रहेको मन्त्री दहितले सुझाउनु भयो ।

कार्यक्रममा बिशिष्ट अतिथि कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले गण्डक नहर, सुस्ता लगायतका समस्याको द्धिपक्षिय सहमति गरेर जग्गा ब्यवस्थापनका लागि चकलान्दी समस्या समाधानका लागि पहल गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा पुर्व रक्षाराज्य मन्त्री रामबचन यादव, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर, गाउँपालिकाकी उपाध्यक्ष उत्तमा राय र विभिन्न राजनितिक दलका प्रमुख एंव प्रतिनिधिहरुले शुभकामना मन्तब्य ब्यक्त गरेक थिए । 

गाउँपालिका प्रमुख राधेश्याम चौधरीको अध्यक्षतामा सम्पन्न गाउँसभाको उद्घाटनसत्रले रु २७ करोड बराबरको निति तथा कार्यक्रम छनौट गर्ने बताईएको छ ।