जिप दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु

Posted on: 13 Jan, 2024

पुस २८, ढोरपाटन | बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने ९ जना घाइते भएका छन् |

आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका-५ अस्तुमा दुर्घटना भएको हो ।

दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका-४ का ३० वर्षीय तिलक घर्तीमगर र  चन्द्रागिरि नगरपालिका-११ काठमाडौँकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते ९ जनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!