७ माघ २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

१४ घण्टादेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र

२३ असार २०८१, आईतवार १२:३४

असार २३,  काठमाडौं । अविरल वर्षाका १४ घण्टादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझैसम्म खुल्न सकेको छैन ।

बागलुङको गलकोट नगरपालिका–११ रिघा फेदीमा आइतबार करिब १ बजे पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा ठुलो सङ्ख्यामा यात्रु अलपत्र परेका छन् ।

सडक अवरुद्ध हुँदा काठमाडौँदेखि बागलुङको बुर्तिवाङ, रुकुमपूर्व, जाजरकोट, रुकुमपश्चिमलगायतका स्थानमा जाने रात्रि बससहित दर्जनौँ सवारी साधन ठप्प भएको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख प्रहरी निरीक्षक थम्मन रानाले जानकारी दिए । 


बिहानदेखि नै सडक खुलाउने प्रयास गरे पनि अहिलेसम्म सञ्चालनमा ल्याउन नसकेको रानाले बताए । पहिरो अहिले पनि निरन्तर खसिरहेको हुँदा सडक सञ्चालनमा समस्या भएको छ । भारी वर्षा भएको हुँदा यात्रु गाडीबाट बाहिर निस्कनसमेत समस्या भएको प्रहरी निरीक्षक रानाको भनाइ छ । 

रानाले भने, “अहिले निकै ठुलो पानी परिरहेको छ, माथिबाट पहिरो पनि निरन्तर खसेको हुँदा खुलाउन समस्या भएको छ, यद्यपि मेसिन लगाएर काम गरी रहेका छौँ, रात्रिबसहरु सडकमा रोकिएका छन्, रुकुम पश्चिम, जाजरकोटलगायतका ठाउँमा जाने यात्रुहरू छन्, अन्य धेरै गाडीहरू पनि पहिराले गर्दा रोकिएका छन् ।”

बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोरसमेत अवरुद्ध भएको छ । जैमिनी नगरपालिका–१ जिम्रिघाटस्थित पहिराको कारण कालिगण्डकी करिडोर पूर्णरुपमा अवरोध रहेको भन्दै सोही पालिकाको वडा नम्बर ८ रादीखोलामा पनि ठुलो पहिरा जाँदा करिडोर पूर्ण रूपमा ठप्प भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पाण्डे रविविरुद्ध चुनाव लडेर रविकै समर्थक रित्तो गाग्री बोकेर पानी माग्दै हर्क साम्पाङ काठमाडौंमा एकीकृत समाजवादी ३२ लाख रुपैयाँ घाटामा,के के छन् मुख्य आम्दानीको स्रोत? धरौटीमा छुटेका रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै उच्चमा रिट निवेदन दायर संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस विपीनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता स्वर्णलक्ष्मी सहकारी ठगीमा पूर्व डीआईजी जोशीलाई ५० लाख धरौटीमा छाड्ने आदेश यू–१९ महिला टी २० विश्वकप: स्कटल्याण्डसँग नेपाल एक विकेटले पराजित, सुपर सिक्समा पुग्ने अवसर गुम्यो अमेरिकामा फेरि खुल्यो टिकटक दिनेश त्रिपाठीमाथि कुटपिटको आरोपमा पक्राउ परेका ३ जना को हुन् ? तत्कालीन गाविस सचिव अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर यू–१९ महिला टी२० विश्वकप: नेपाललाई तेस्रो सफलता चियाको पैसा तिर्ने विषयमा विवाद हुँदा खुकुरी प्रहार गरी आफ्नै साथीको हत्या, पाँचजना पक्राउ यू-१९ महिला टी २० विश्वकप : स्कटल्याण्डलाई नेपालले दियो ७४ रनको लक्ष्य १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ अधिवक्ता त्रिपाठीमाथि कुटपिट: पक्राउ परिन् झापाकी सीतादेवी राई यु-१९ महिला टी-२० विश्वकप: स्कटल्याण्डविरुद्ध १० ओभरमा नेपालले जोड्यो ४३ रन बङ्गलादेशमा कुस्ती खेलाडी थिए सैफमाथि चक्कु हान्ने युवक यू-१९ विश्वकप : स्कटल्याण्डविरुद्ध नेपाल ब्याटिङमा, दुई खेलाडी परिवर्तन खो खो विश्वकपको उपविजेता नेपाली टोली आज स्वदेश फर्किंदै, राखेपले भव्य स्वागत गर्ने