मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै चालकको मृत्यु

Posted on: 30 Aug, 2024

भदौ १४, बारा । बारामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घटनास्थलमै चालकको मृत्यु भएको छ 

मृत्यु हुनेमा चालक कलैया उपमहानगरपालिका ११ निवासी २४ वर्षीय सन्दीपकुमार यादव रहेका प्रहरीले जनाएका छन् ।  प्रहरीका अनुसार गएराती यादव सवार लु ९५ प ६३५४ नम्बरको मोटरसाइकल कलैया–१६ को उत्तर झिटकैयामा अनियन्त्रित भई पल्टिएको थियो । 

 प्रहरीका अनुसार घटना राती भएको हो तर स्थानीयले बिहान खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!