बारा–२ को मतगणना सुरु

Posted on: 24 Apr, 2023

बैशाख ११, बारा | बारा २ को मतगणना सुरु भएको छ । कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु भएको हो । करैयामाई गाउपालिका र सुर्वण गाउँपालिकाबाट मत गणना थालिएको हो । ती पालिकाका ६, ६ वटा मतपेटिका खोलिएको छ । 

यसअघि मत गणनास्थलमा बस्ने उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मत गणनामा ढिलाई भएको थियो । आइतबार भएको उपनिर्वाचनमा बारामा करिब  ६३ प्रतिशत मतदान भएको छ । यस क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव,  नेकपा  एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!