दाङमा गाउँपालिकाको गाडीमा आगजनी
साउन २६, घोराही । दाङको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले प्रयोग गर्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति करीब पौने १ बजे आगजनी भएको हुनसक्ने अनुमान जिल्ला प्रहरी कार्यालय दाङले गरेको छ ।
सो आगजनीबाट रा१झ १५२ नंको गाडीको अग्रभाग पूर्णरूपमा जलेर क्षति भए

