2026-09-13 02:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको राजपुरमा पनि सिकलसेल एनिमियाँ जाँच हुने

साउन १०, दाङ  | दाङको विकट क्षेत्र राजपुर गाउँपालिकामा पनि सिकलसेल एनिमियाँको जाँच हुने भएको छ । सिकलसेल ऐनिमियाँ जाँचका लागि सिपी नेपाल संस्थाले राजपुर गाउँपालिकाका बेला र राजपुर स्वास्थ्य चौकीलाई दुई लाखभन्दा बढी मूल्य बराबरका प्रयोगशाला सामग्री उपलब्ध गराएको छ । 

सोही प्रयोगशालाका सामग्रीबाट अब राजपुरमा पनि सिकलसेल एनिमियाँको प्रारम्भिक जाँच गरिने गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवले जानकारी दिनुभयो । ती सामग्रीलाई सिपी नेपालका पदाधिकारीले गाउँपालिका उपाध्यक्ष यादवलाई हस्तान्तरण गरेका हुन् । “यसअघि गाउँपालिकामा सिकलसेल एनिमियाँको जाँच गर्ने प्रयोगशालाका सामग्री थिएनन्”, उहाँले भन्नुभयो, “अब भने सामग्री पनि आएका छन्, ती सामग्री प्रयोग गरेर सिकलसेल जाँच हुनेछ ।” 

उहाँका अनुसार राजपुर स्वास्थ्य चौकीमा दुई लाख ४० हजार बराबरका प्रयोगशाला सामग्री स्वास्थ्य प्रमुख खिमबहादुर रावतलाई हस्तान्तरण गरिएको छ भने बेला स्वास्थ्य चौकीलाई नौ हजार ५०० बराबरका सामग्री बेलाका प्रमुख सचिन्द्रकुमार यादवलाई हस्तान्तरण गरिएको छ । 

यसअघि सिकलसेल एनिमियाको प्रारम्भिक जाँच गर्न नेपालगञ्ज वा काठमाडौँ नै जानुपर्ने अवस्था थियो । यी दुवै स्वास्थ्य चौकीलाई माग फारमका आधारमा उपकरण दिने भनिए पनि यो पटक आर्थिक अभावका कारण राजपुर स्वास्थ्य चौकीलाई माग फारमअनुसार उपकरण उपलब्ध गराइएको र बेला स्वास्थ्य चौकीलाई अर्कोपटक उपलब्ध गराइने सिपी नेपाल विद्यार्थीका संयोजक दीपा चौधरीले जानकारी दिनुभयो । 

राजपुर गाउँपालिका पनि थारुको बाहुल्य भएको क्षेत्र हो । सिकलसेल एनिमियाँ थारु समुदायका नागरिकमा बढी देखिएको छ । तर सिकलसेल एनिमियाँको प्रारम्भिक जाँच गर्ने सहज वातावरण नहुँदा सबै नागरिकको जाँच गर्न सकिएको थिएन् । 

त्यसैले दाङका सबै थारु समुदायका नागरिकलाई सिकलसेल एनिमियाँ जाँच गर्ने पहुँचमा ल्याउनुपर्ने आवाज उठिरहेका छन् । दाङमा थारुको कूल सङ्ख्याको १५ प्रतिशतमा सिकलसेल देखिएको यसअघिका अध्ययनले देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन