महोत्तरीमा अवैध रकम २१ लाख सहित एक युवक पक्राउ
साउन २२, महोत्तरी । महोत्तरी जिल्लाको मटिहानीबाट सशस्त्र प्रहरीले अवैध रुपमा २१ लाख २२ हजार सहित एक युवकलाई पक्राउ गरेको छ । मङ्गलवार बिहान सिमावर्ती क्षेत्र मटिहानी नगरपालिका–९ स्थित हनुमान चोकबाट महोत्तरी गाउँपालिका–१ डाम्ही बस्ने ३५ वर्षीय सुरेन्द्र ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।

