2026-09-13 03:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीका बाढी प्रभावित क्षेत्रमा यातायात सञ्चालनमा कठिनाइ कायमै

साउन १३, महोतरी  | बाढीबाट महोत्तरीका अधिकांश सडक क्षतिग्रस्त भएपछि यातायात सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ । 

मरहा, जङ्गहा, अङ्कुशी, रातो र विग्हीलगायतका नदीमा आएको बाढीले जिल्लाको जलेश्वर–मनरा–हर्दी, जनकपुर–भिठ्ठामोड, जनकपुर–लोहारपट्टी–रामगोपालपुर–सम्सी, मटिहानी–जलेश्वर–मडै–लोहारपट्टी, जलेश्वर–बर्दिबास, जनकपुर–मटिहानी, जलेश्वर–बखरी–चकवा–बथनाहा, धमौरा–बर्दिबास, सम्सी–माइस्थान, लक्ष्मिनियाँ–रघुनाथपुर–खैरबन्नी सडकको विभिन्न स्थानमा यातायात नियमति गर्न कठिनाई भएको छ । त्यस्तै पूर्व पश्चिम राजमार्गको भब्सी पुल नजिक सडक कटान गरी बगाएका कारण यातायात सञ्चालनमा कठिनाइ भएको हो ।

बाढीले जनकपुर–भिठ्ठमोड सडकको पिपरामा ५० मिटर, सोही सडकको खैरा चोकभन्दा दक्षिण ६० मिटर, जलेश्वर–हर्दी सडकखण्डको एक दर्जन ठाउँमा सयौँ मिटर, त्यस्तै परिक्रमा सडकअन्तर्गत ४६ ठाउँमा सडक बगाएको बताइएको छ ।  दैनिक १५० देखि २०० सवारी साधन ओहोरदोहोर गर्ने ती सडक मर्मतसम्भार नहुँदा यातायात सञ्चालनमा कठिनाइ भएको जनकपुर अञ्चल बस व्यवसायी सङ्घका अध्यक्ष मनोज चौधरीले बताउनुभयो । 

बाढीले सडक कटान गरी बगाएका कारण २५ करोड रुपैयाँको क्षति भएको सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख विनोदकुमार मौवारले जानकारी दिनुभयो । क्षतिग्रस्त सडक पुनःमर्मतसम्भार गरी सञ्चालनमा ल्याउन तीन करोड रुपैयाँ लाग्ने र त्यसका लागि सडक विभागमा पत्राचारसमेत गरिसकिएको उहाँले बताउनुभयो ।

हालको सडक संरचनाबाट बाढीको पानीको बहावलाई निकास दिन पर्याप्तमात्रामा ‘क्रस ड्रेनेज’ नभएका कारण बाढीले सडकमा बढी मात्रामा क्षति पु¥याएको जनकपुर परिक्रमा सडक प्रमुख देवेन्द्रकुमार साहले बताउनुभयो । उहाँका अनुसार सडक क्षतिग्रस्त हुनबाट बचाउन र समस्या सामाधानका लागि दीर्घकालीन अध्ययन हुनुपर्ने बताउनुभयो । 

बाढीबाट क्षति पुगेका सडकमा भेन्टर कज्वे, स्लेब कल्भर्ट, बक्स कल्भर्ट, ह्युमपाइप कल्भर्टलगायतका संरचना निर्माणका लागि जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत सम्बन्धित निकायमा पत्राचारसमेत गरिएको उहाँले बताउनुभयो । 

सडकको हालको अवस्थालाई अध्ययन गरी दीर्घकालीन समस्या समाधानका लागि सडकको अनुसन्धान, मर्मतसम्भार र बजेटका लागि सम्बन्धित निकायमा बजेट निकासाका लागि आवश्यक पहल गर्न जिल्ला दैवी प्रकोप उद्धार समितिले निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन