Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

महोत्तरीमा जङ्गली हात्ती मृत फेला

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १४, बर्दिवास । महोत्तरीको वनक्षेत्रमा आज जङ्गली हात्ती मृत फेला परेको छ । गौशाला नगरपालिकाको लक्ष्मीनियाँमा पर्ने सागरनाथ वन विकास परियोजनाको प्लट नं १४  ‘बी’मा भाले हात्ती मृत फेला परेको हो ।

पूर्वपश्चिम राजमार्गको लक्ष्मीनियाँ चोकबाट दक्षिणतर्फ जाने लक्ष्मीनियाँ–भरतपुर–सुन्दरपुर सडकको ढोलन खोला पुल नजिकैको वनमा मृत फेला परेको हात्तीलाई आइतबार मात्र पर्सा राष्ट्रिय निकुञ्जले सर्लाहीको श्रीनगर वन क्षेत्रमा उसको गतिविधि थाहा पाउन जिपिएस रेडियो कलर जडान गरेका थिए । आज घाँस दाउरा लिन वन पसेकाहरुले हात्ती मरेको सूचना दिएका थिए ।

डिभिजन वन कार्यालय जलेश्वरका प्रमुख हेमन्तप्रकाश साहका अनुसार स्थानीयवासीले जङ्गली हात्तीले बालीनाली नोक्सान गर्दै आएको गुनासो गर्दै आएका थिए । मृत्युबारे अनुसन्धान भइरहेको र धार्मिक विधिसहित हात्तीको अन्त्येष्टि गरिने साहले बताउनुभयो ।