सिन्धुपाल्चोक जन्ती बस दुर्घटना: मृतक तिननै जनाको सनाखत

Posted on: 19 Apr, 2024

वैशाख ७, काठमाडौं | सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका-५ धारावतीमा जन्ती बस दुर्घटनामा घटनास्थलमै मृत्यु मृत्यु हुने तिननै जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईका अनुसार मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिका-१ बस्‍ने १६ वर्षीय शिव श्रेष्ठ, भीमेश्वर-१कै ७० वर्षीय मानबहादुर थामी र सोही नगरपालिकाका १९ वर्षीय दिपेन्द्र थामी रहेका छन् ।

उनका अनुसार दोलखाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७:३० बजे दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी चौताराको सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस कच्ची सडकबाट करिब १०० मिटर तल खसेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!