Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ मंसिर १६ गते, बिहान ९:२६ बजे
अर्थ/विकास

सुनको भाउ घट्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

 मंसिर १६, काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ५४ हजार प्रतितोला कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भारत सरकारले चलनचल्तीका ठूला दरका नोटमा प्रतिबन्द लगाएसँगै सुनको मूल्यमा गिरावट आएको हो । सवैभन्दा बढी सुन खपत हुने भारतमा ठूला दरका नोटमा प्रतिबन्ध लगाएपछि यसको प्रभाव सुनको मुल्यमा परेको सुनचादी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।

बिहीबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको ७ सय ८० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचादी महासंघले जानकारी दिएको छ ।