माघ २७, काठमाडौं । बैंकहरुले अब तत्कालका लागि गाडी, घर जग्गा र सेयरका लागि नयाँ कर्जा नदिने भएका छन् ।

अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह हुँदा तरलता अभा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २७, काठमाडौं । बैंकहरुले अब तत्कालका लागि गाडी, घर जग्गा र सेयरका लागि नयाँ कर्जा नदिने भएका छन् ।

अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह हुँदा तरलता अभा"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैंकहरुले गाडी, घरजग्गा र सेयरमा ऋण नदिने

२०७३, २७ माघ बिहीबार १०:४०

माघ २७, काठमाडौं । बैंकहरुले अब तत्कालका लागि गाडी, घर जग्गा र सेयरका लागि नयाँ कर्जा नदिने भएका छन् ।

अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह हुँदा तरलता अभाव भएको भन्दै राष्ट्र बैंकले सचेत गराएको थियो । त्यसको भोलिपल्ट बिहीबार नेपाल बैंकर्स एशोसिएसनमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरुबीच  छलफल भएको छ ।

छलफलमा तत्कालका लागि गाडी, घरजग्गा र सेयर धितो ऋण रोक्ने सहमति भएको छ ।

बैंकहरुले सवारी साधानको कर्जा दिदा ९० प्रतिशतसम्म कर्जा सुविधा दिएको देखिएको भन्दै राष्ट्र बैंकले यसलाई कडाई गर्ने संकेत गरेको थियो ।

‘मूल्यको तुलनामा कर्जा अनुपात (लोन टु भ्यालु रेसियो) तोक्नुपर्ने भन्ने धारणा छ ’राष्ट्र बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । राष्ट्र बैंकले घरजग्गा र सेयर धितोमा कर्जा दिदा यस्तो अनुपात तोकेको भएपनि सवारी साधानमा नतोकिएकोले अब त्यस दिशातर्फ बढ्नुपर्ने हुनसक्ने बताएको हो ।

वाणिज्य बैंकहरुको ओभरड्राफ्ट, घरजग्गा र सेयर धितोमा कुल कर्जाको ७३ प्रतिशतसम्म कर्जा लगानी भएको देखिएको थियो । बैंकहरुले तरलता समस्यापछि सेयर धितोमा जाने कर्जामा कडार्य गर्न थालिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी