Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ माघ २८ गते, अपराह्न ४:०० बजे
अर्थ/विकास

सनराइज बैंक लिमिटेडले एन.आइ.डी.सी क्यापिटलसँग एकिकृत कारोबार गर्ने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २८, काठमाडौ । सनराइज बैंक लिमिटेड र एन.आई.डी.सी क्यापिटल मार्केट्स लिमिटेडले एकीकृत कारोबार शुरु गरेका छन् ।

राजधानीमा शुक्रबार एक कार्यक्रम आयोजना गरि बैंकले एकीकृत कारोबार सुभारम्भ गरेको औपचारिक जानकारी गराएको हो । दुई संस्था गाभिएपछि बैंकको शाखा ६७ पुगेको छ । ९ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको सनराईजले एटिएम सेवा र १३ वटा केन्द्रबाट शाखा रहित बैंकिङ सेवा दिदै आएको छ । 

एन.आई.डी.सी क्यापिटल मार्केट्स लिमिटेडसंग एकिकरण भएपछि अब सनराईज बैकलाई सामुहिक लगानी कोष र धितोपत्र सम्बन्धी कारोबार गर्न सहज भएको छ । एन.आइ.डि.सी. क्यापिटल मार्केट्स लि नेपालमा पहिलो पल्ट म्युचुअल फण्ड संचालन गर्ने संस्था हो ।