Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत ३० गते, बिहान ७:११ बजे
अर्थ/विकास

यस्तो छ नयाँ बर्ष २०७४ को लागि नेपाल टेलिकमको अफर

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत ३०, काठमाडौँ | नेपाल टेलिकमले नयाँ वर्ष २०७४ को अवसरमा आफ्ना उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवाहरुमा सहुलियत दरमा दिने योजना ल्याएको छ ।

कम्पनीले उक्त अफर अन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट प्याक अफर ल्याएको छ ।

टेलिकमले रिचार्ज अफरमा जिएसएम तथा सिडिइमए प्रिपेड सेवाका उपभोक्ताहरुले एमपोस तथा रिचार्ज कार्ड मार्फत १०० र २०० रुपैयाँको कार्डमा १० प्रतिशत एवं ५०० र १०० रुपैयाँको कार्डमा १५ प्रतिशत बोनस पाउनेछन् । जस्को भ्यालिडिटि तीन दिनको हुनेछ । उक्त रिर्चाज बोनस २०७३ चैत ३० देखि २०७४ बैशाख १३ गतेसम्म लागू हुनेछ ।

त्यस्तै डाटा अफर अन्तर्गत २०७३ चैत ३० गतेदेखि २०७४ बैशाख २८ गतेसम्म लागू हुने गरी अल टायम र नाइट टायम डाटा उपलब्ध हुने कम्पनिले जनाएको छ । अल टायम डाटा प्याकेज अन्तर्गत १००, २०० र ३०० रुपैयाँमा ३० दिनको भ्यालिडिटि सहित क्रमशः ४००, ८५० र १५०० एमबी डाटा उपलब्ध हुनेछ । नाइट डाटा प्याकेज अन्तर्गत २०० र ३०० रुपैयाँमा ३० दिनको भ्यालिडिटि सहित राती १० बजे देखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी क्रमशः २ जिबी र ६.५ जिबी डाटा उपलब्ध हुनेछ ।

त्यस्तै नाइट भ्वाइस प्याक अन्तर्गत जिएसएम सेवाका उपभोक्ताहरुलाई २०७३ चैत्र ३० देखि २०७४ बैशाख २८ गतेसम्म लागू हुने गरी २५ रुपैयाँमा सात दिनको भ्यालिडिटि सहित राति १० बजे देखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी २५० मिनेटको भ्वाइस प्याक उपलब्ध हुनेछ । नाइट भ्वाइस प्याक सेवा लिनको लागि NIGHIVOICE टाइप गरी 1415 मा म्यासेज पठाउनु पठाउनु पर्दछ ।