Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ माघ ०९ गते, अपराह्न ४:४४ बजे
अर्थ/विकास

बिहीबार ९ अंकले बढ्यो नेप्से

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भयो। बुधबारको कारोबारमा सामान्य करेक्सन देखिएको नेप्से यस दिन ९.२३ अंकको बढोत्तरी भयो।

सामान्य वृद्धि भएको नेप्से बिहीबार २ हजार ७१४.६१ विन्दुमा पुगेर रोकियो। यस दिन फ्लोट इण्डेक्स ०.६६ अंकले बढ्यो भने सेन्सेटिभ इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अंकले घट्यो।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि वृद्धि देखिएको छ। अघिल्लो दिन बुधबार ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३३२ स्टकको ९४ हजार १७४ पटकको कारोबारमार्फत ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ७५ हजार कित्ता सेयर किनबेच भयो।