Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ माघ ३० गते, बिहान १०:५८ बजे
अर्थ/विकास

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाली बजारमा बिहीबार (माघ २९) सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा १०० रुपैयाँले घटेको हो । महासंघले आजका लागि प्रतितोला तीन लाख ६ हजार ५०० रुपैयाँ तोकेको छ । हिजो तीन लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर पाँच हजार ३४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला पाँच हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।