Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ फाल्गुण ०७ गते, बिहान ११:०१ बजे
अर्थ/विकास

सुनचाँदीको मूल्य बढ्यो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ हजार ३ सय रूपैयाँले बढेर ३ लाख ४ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुनको मूल्य तोलामा १ हजार ५ सय रूपैयाँले घटेर ३ लाख ४ सयमा कारोबार थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १८० रूपैयाँले बढेर चाँदी ५ हजार ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।