Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सम्पन्न कामको भुक्तानी दिन निर्माण व्यवसायी महासङ्घको माग

२०७७, २७ आश्विन मंगलवार १३:१६

असोज २७, काठमाडौँ । कोभिड १९ को बढ्दो प्रकोपले मुलुकको समग्र अर्थतन्त्रमा नै गम्भीर आघात परेसँगै निर्माण उद्योगमा पनि असर परेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।  चैत ११ देखि मुलुकमा बन्दाबन्दी शुरु भएसँगै अर्थतन्त्र निरन्तर ओरालो लागिरहँदा निर्माण व्यवसायीले पाउनु पर्ने तर भुक्तानी नभएको रकमको आयतन पनि क्रमशः वृद्धि भइरहेको महासङ्घले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

बन्दाबन्दीको अवधिमा समेत निर्माण क्षेत्रलाई जारी राख्ने सरकारको निर्णय बमोजिम देशभरका निर्माण व्यवसायी प्रतिकूल परिस्थितिका बावजुद ज्यान नै जोखिममा पारेर काममा संलग्न भएको महासङ्घले स्मरण गराएको छ । “यस्तो विषम परिस्थितिमा समेत भौतिक पूर्वाधारको क्षेत्रमा अहोरात्र खटिरहेका निर्माण व्यवसायीले भुक्तानी नपाउँदा  आर्थिक व्यवस्थापनमा गम्भीर एवं जटिल असर परिरहेको र व्यवसाय नै सङ्कटमा परेको अवस्था छ”, महासङ्घका महासचिव रोशन दाहालले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

घर–घडेरी धितोमा राखी व्यवसायमा लागेका हजारौं व्यवसायीले सम्पन्न गरिसकेका परियोजनाको भुक्तानी नपाउँदा ठूलो आर्थिक तथा मानसिक समस्याबीच गुज्रन थालेकाले नेपालीको महान् पर्व शुरु हुन लागेको बखत व्यवसायीको अहिलेसम्मको सबै रकम भुक्तानी गरिदिन महासङ्घले माग गरेको छ । 

ठेक्का लगाई निर्माण सम्पन्न भइसकेका योजनाको भुक्तानी पाउन प्रदेश नं. एक लगायतका प्रदेश निर्माण व्यवसायी महासङ्घ तथा जिल्ला सङ्घले आ–आफ्ना क्षेत्रका प्रदेश सरकार तथा सार्वजनिक निकायमा पटक पटक पत्राचार गर्दै आएको महासचिव दाहालको भनाइ छ । यसैबीच सङ्घीय (केन्द्रीय) सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई सम्झौता गरी हस्तान्तरण गरेको र प्रदेश तथा स्थानीय सरकारले पुनः सङ्घीय सरकारलाई जिम्मा लगाएका विभिन्न परियोजना हस्तान्तरण गर्दा निर्माण व्यवसायीलाई निर्माणका काम सञ्चालन गर्न र सम्पन्न भई बिल समेत पेश गरेका आयोजनाको भुक्तानी नहुने र समयमा काम पनि सम्पन्न नभई  व्यवसायीलाई नै दोष दिने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको महासङ्घले जनाएको छ । 

निर्माणको भुक्तानी हुन धेरै रकम बाँकी रहेकोले परियोजना सम्पन्न नहुञ्जेल र भुक्तानी नभएसम्म सम्झौता भएको निकायबाट नै व्यवस्थापनका लागि महासङ्घले माग गरेको छ । साथै  कोभिड–१९ को कारणले बन्दाबन्दीको अवधिसम्म  काम हुन नसकेको समयलाई सार्वजनिक खरिद ऐनले महामारीलाई विषम परिस्थिति परिभाषित गरेको हुँदा सम्पूर्ण परियोजना एवं ठेक्काको म्याद स्वतः एक वर्ष एकमुष्ठ थप हुने गरी सरकारबाट नीतिगत निर्णय हुनु पर्ने माग महासङ्घले अघि सारेको छ । 

असार २९ गतेको मन्त्रिपरिष्दको निर्णयानुसार बन्दाबन्दीमा सम्झौता भएका र म्याद समाप्त भएका हकमा मात्र छ महिना मात्र म्याद थप भएता पनि थप समय नपुग हुने महासचिव दाहालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै