साउन २७, काठमाडौँ । रसुवागढी–काठमाडौँ रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि सातवटा चिनियाँ कम्पनीले इच्छा देखाएका छन् ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २७, काठमाडौँ । रसुवागढी–काठमाडौँ रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि सातवटा चिनियाँ कम्पनीले इच्छा देखाएका छन् ।"/>
2026-06-27 04:31 AM
अर्थ/विकास

नेपाल-चीन रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि चीनका सात कम्पनी अगाडी सरे !

2016-08-11

साउन २७, काठमाडौँ । रसुवागढी–काठमाडौँ रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि सातवटा चिनियाँ कम्पनीले इच्छा देखाएका छन् । 

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला जारी गरिएको संयुक्त विज्ञप्तिमा नेपाल–चीन रेलमार्ग निर्माण गरिने उल्लेख थियो । यसअनुसार सातवटा चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययनका लागि इच्छा देखाएको रेल विभागका महानिर्देशक अनन्त आचार्यले राससलाई जानकारी दिनुभयो । 

“पहाड र पहराले ढाकेकाले रेलमार्ग निर्माणका लागि पुल र सुरुङको संरचना धेरै निर्माण गरिनुपर्छ, बजेट धेरै लाग्छ, प्रधानमन्त्रीको चीन भ्रमणका बेला कुनै सम्झौता नभएको तर विज्ञप्तिमा मात्र रेलमार्गको विषय उल्लेख गरिएकाले सम्भाव्यता अध्ययन गर्न दिन नियम कानुनका कारण पनि अप्ठ्यारो छ” – उहाँले भन्नुभयो । 

मानिस आवतजावत र सामान ढुवानीका लागि पनि रेलमार्गमा समय कम, सस्तो र सहज हुन्छ । चीनको सिगात्सेसम्म रेलमा ल्याई त्यहाँबाट ट्रकमा हालेर ल्याइएको सामान १५ दिनमा काठमाडौँ आइपुगेको थियो । भारतको कलकत्ता बन्दरगाहबाट ल्याइएको सामान काठमाडौँ आइपुग्न ४५ दिनसम्म लाग्ने गरेको छ । भारतले गत वर्ष विशाखापट्नम् बन्दरगाह खोलेपछि छिटो सामान ढुवानी भएको थियो । 

यसअघि चिनियाँ कम्पनीले नै काठमाडौँ–पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन गरेको थियो । सोको प्रतिवेदन विभागलाई दिएको छ । प्रतिवेदनको अध्ययनपछि रेलमार्ग बन्न सक्ने देखिएको महानिर्देशक आचार्यको भनाइ छ । 

विस्तृत परियोजना प्रस्ताव निर्माणलगायतका काममा पनि नियम, कानुनमा ठेक्कामा कम कबोल गर्नेलाई दिनुपर्नेलगायत कारणले गुणस्तरीय काम हुने नहुने भन्ने समस्या आइपर्ने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी